टिकटकमाथिको प्रतिबन्ध हटाउने सञ्चारमन्त्रीको निर्णय, भोलीदेखि देशब्यापी चल्ने

काठमाण्डौं– सरकारले टिकटकमाथिको प्रतिवन्ध हटाएको छ। मन्त्रिस्तरीय निर्णयबाट यस्तो निर्णय भएको हो। यो निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने सञ्चार जनाईएको छ।

बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहज रुपमा चल्ने मन्त्रालय स्रोतले जनाएको छ। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ।

गत २७ असोजमा सामाजिक सद्भाव बिगारेको भन्दै पुस्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो।

तत्कालिन प्रमुखप्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुझाव अनुसार सरकार टिकटक बन्द गर्ने निर्णयमा पुगेको थियो। यद्यपी टिकटकले उच्च तहका अधिकारीलाई नेपाल पठाएर प्रतिबन्ध खुलाउन प्रयास गरिरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट