नालीमा डुबेको भैँसी बचाउन जाँदा डुबेर ४ दाजुभाइको मृत्यु
काठमाण्डौं– भारतको राजस्थानमा नालीमा डुवेको भैंसी वचाउन जाँदा ४ दाजुभाइको मृत्यु भएको छ। करिव १५÷१६ वर्षका चारै जना दुई दाजुभाईका छोरा हुन। राजस्थानस्थित टोंक जिल्लामा भैँसी बचाउन खोज्दा १० कक्षामा पढ्ने उनीहरुको मृत्यु भएको हो।
आज तकको रिपोर्ट अनुसार घटना टोंकको खुर्द गाउँमा भएको हो। जहाँ चार दाजुभाइले नाला नजिक भैंसी लिएर गएका थिए। चारै जनाको लुगा र चप्पल सडकको छेउमा फेला परेपछि गाउँलेले घटना थाहा पाएका थिए।
घटनाको जानकारी पाउनासाथ परिवारका सदस्य र ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा पुगेका मानिसहरूले भैंसीलाई बचाउन ४ दाजुभाइमध्ये एकजना पानीमा पसेको हुनसक्ने अनुमान गरेका छन्। उनलाई डुबेको देखेर अरु दाजुभाइ पनि पानीमा हाम फालेको हुनसक्ने उनीहरूको अनुमान छ।
तर, पानीको गहिराइका कारण कोही पनि बाहिर निस्कन नसकेर एक÷एक गरी सबै डुबेको समाचारमा उल्लेख छ। डुबेर मृत्यु हुने चार दाजुभाइमध्ये हंसराज र दिलखुश शेओराज नाम गरेका व्यक्तिका छोरा हुन भने विजय र विकास राधाकिशन बैरवाका छोरा हुन। उनीहरु मध्ये कसैले पनि पौडिन नजानेको जनाईएको छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

