बस्ती छेउमै आएर बाघले आक्रमण गर्दा वृद्धको मृत्यु

जनकपुर– पर्साको जिराभवानी गाउँपालिका–५ मा वस्तिको करिव ५ सय मिटर वरपर आएर बाघले एक वृद्धको ज्यान लिएको छ। घाँस काट्न जंगल गएका स्थानीय ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्स्पेटर मोहनजङ्ग बुढाथापाका अनुसार शुक्रबार घाँस काट्न गएकाका थारुको जंगलको २ सय ५० मिटर भित्र शव फेला परेको थियो। राती पनि घर नफर्किएपछि शनिबार बिहान खोजतलासका क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
बाघले थारूको दाहिने खुट्टा र देब्रे हातमा आक्रमण गरेको छ। बाघ नियन्त्रणका लागि पर्सा रास्ट्रिय निकुञ्जलाई सूचना गरिएको छ।
प्रतिक्रिया