ड्युटीमै बेहोस भएर ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर– संखुवासभामा ड्युटी गर्दागर्दै एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

मादी नगरपालिका–२ स्थित प्रहरी चौकी मंगलबारेमा अचानक बेहोस भएका पुरुषोत्तम निरौलाको तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत्यु भएको हो।

ड्युटीकै क्रममा बेहोस भएर लडेका निरौलालाई उपचारका लागि स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए।

उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाईनले उनले बताए। निरौला सोलुसम्बु निवासी रहेको डिएसपी श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट