दुई दिनदेखि वेपत्ता स्पेनी नागरिक इरिक कासानोभासको शव भेटियो, महिला अझै वेपत्ता

काठमाण्डौं– पदयात्राका क्रममा दुई दिनदेखि वेपत्ता दुई स्पेनी नागरिक मध्ये पुरुषको शव फेला परेको छ। वेपत्ता महिला अझै फेला परेकी छैनन्।

६ भदौमा स्पेनी नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) नेपाल आएका थिए। उनीहरु ९ भदौमा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्टमा पुगेको देखिएको छ। त्यसपछि दुवै जना वेपत्ता भएका थिए।

उनीहरु वेपत्ता भएको जानकारी वटुवा मार्फत आएको हो। अन्नपूर्ण गाउँपालिका–९ को तिखेढुंगास्थित मौजा खोलानजिकै रुकस्याक झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री बटुवाले देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। झोलामा उनीहरुको पासपोर्ट पनि भेटिएको थियो।

त्यसपछि खोजी गर्ने क्रममा मौजा खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले मंगलबार इरिक कासानोभासको शव पारेको हो। उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल शव भटिएको गाउँपालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए।

९ भदौको दिन मौसम गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट