स्वेत अमेरिकनसँग प्रेम सम्वन्धमा खटपट आएको थियो टेक्सासमा मारिएकी मुनाको

काठमाण्डौं– अमेरिकाको टेक्सासमा गोली हानी हत्या गरिएकी २१ वर्षीया नेपाली किशोरी मुना पाण्डे स्वेत अमेरिकीसँग प्रेम सम्वन्धमा रहेको खुलेको छ।

मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियो आफनी आमा अनिता अधिकारी पाण्डलाई समेत पठाउने गरेकी थिईन। साथीको वर्थडे पाटीमा जाँदा भएको चिनजान पछि प्रेममा परिणत भएको थियो। उनीहरु विवाह गर्नेसम्मको अवस्थामा पुगेका थिए।

तर, पछि उनीहरुबीच सम्बन्ध विग्रिएको थियो। त्यो विषय पनि मुनाले आमालाई सुनाएकी थिईन। मुनाकी आमाले सञ्चार माद्यमलाई दिएको जानकारी अनुसार मुनाको हत्यामै तिनै प्रेमी भनिएका अमेरिकी नागरिकको संलग्नता छ।

जानकारी अनुसार मुनाको घर भोजपुर हो। उनकी आमा ५ वर्षअघि श्रीमानबाट छुट्टिएकी थिईन। उनी काठमाण्डौंमा बस्दै आएको खुलेको छ। मुना उनकी एक्लो सन्तान हुन। एकल आमाले निकै दुःख गरेर मुनालाई सन २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका पठाएकी थिइन्।

सुरुमा उनी टेक्सासमा साथीसँग बसिन्। ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत उनी भने अहिले अपार्टमेन्टमा एक्लै थिईन। उनको आमासँग निरन्तर सम्पर्क हुन्थ्यो। कतै निस्किएको वेला भने सम्पर्क हुँदैनथ्यो। गत शनिबारदेखि आमाछोरीको कुरा भएको थिएन।

सोमबारसम्म सम्पर्कमा नआएपछि खोजतलास सुरू भएको थियो। सोही दिन साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टको एउटा कोठामा उनको शव फेला परेको थियो।

अहिलेसम्म घटना कहिले र कसरी भयो भन्ने खुलेको छैन। कोही पक्राउ परेको पनि छैन। ह्युस्टन प्रहरीले विज्ञप्ती जारी गर्दै मुनालाई धेरै बन्दुकको गोली लागेको भेट्टाएको बताएको छ। प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट