सिमलतालमा अर्को दुर्घटनाः भारतीय बस र ट्रक ठोक्किए

काठमाण्डौं– मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर स्थित सिमलतालमा फेरी अर्को दुर्घटना भएको छ।

आज बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस बस र ग २ ख ११०८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन्। मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सिमलतालमा यसअघि पहिरोमा परेर दुई वटा वस बगेका थिए। २ वटा वस झण्डै ४० जना यात्रु अझै वेपत्ता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट