केटी जिस्क्याएको विषयमा विर्तामोडमा ग्याङ फाईटः १ जना घाईते, ४ जना पक्राउ
दमक– झापाको बिर्तामोडमा अहिले साँँझ केटी जिस्क्याएको विषयमा विवाद हुँदा ग्याङ फाइट भएको छ। एकजना घाइते भएका छन्।
घट्नामा बिर्तामोड नगरपालिका–६ का ३७ वर्षीय जागिर हुसेन घाईते भएका छन् । उनको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ। हुसेनको बाया खुट्टा, घाटी र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
झडपमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय अरुण राई, १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ का १३ वर्षीय राकिब आलम पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट १ थान कट्टी र १ थान रड बरामद भएको झापा प्रहरीले जनाएको छ। घटनामा अरु ८÷१० जना संलग्न रहेको र उनीहरु फरार भएको प्रहरीले जनाएको छ। स्थानीयले केटी जिस्क्याएको विषयमा दुई पक्षबीच झडप भएको बताएका छन्। प्रहरीले यस बारे केही बोलेको छैन।