ललितपुरमा पत्निको हत्या गरेको आरोपमा खोटाङका भक्तिराज पक्राउ

काठमाण्डौं– ललितपुरमा पत्निको हत्या गरेको आरोपमा प्रहरीले खोटाङका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका–७ का ३३ वर्षीय भक्तिराज राई हुन।

ललितपुरको धापाखेलमा बस्दै आएका राईले १२ भदौमा पत्नी ३५ वर्षीय शशिकला राईको हत्या गरेको आरोप छ। शशिकलाको शव धापाखेल स्थित डेरामा फेला परेको थियो। उनलाई पतिले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए।

धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट