८० हजार घुस लिँदालिँदै विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्ष पक्राउ, प्रहरीको जिम्मा लगाईयो

दमक– झापाको बुद्वशान्ति गाउँपालिका–२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुसरकमसहित पक्राउ परेका छन्।

बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि रकम लिँदै गर्दा मंगलबार दिउँसो नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले ओलीलाई पक्राउ गरेका हुन्।

उनीहरुले ओलीलाई प्रहरीको जिम्मा लगाएका छन्। अहिले उनी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्। इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षालाई ध्यानमा राखेर ओलीलाई राखिएको बताए।

घट्नाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको विष्टको भनाई छ। नेकपाका प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेका अनुसार घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस मागेका थिए। यो जानकारी पार्टीसम्म पुगेपछि योजना बनाएरै ओलीलाई पक्राउ गरिएको पाण्डेको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *