सिरहामा छोराबुहारीले गरे वृद्धको हत्या, घरायसी विवादमा कुटेर हत्या गरेको खुलासा

लहान– सिरहाको औरही गाउँपालिका–३ खजनपुरका ६५ वर्षीय भालेश्वर यादवको हत्या भएको छ। उनकै छोरा छोरावुहारीले कुटपिट गरी भालेश्वरको हत्या गरेका हुन।
घरायसी विवादमा सोमबार साँझ छोरा ३८ वर्षीय शैलेन्द्रकुमार र वुहारी रेणुकुमारीले उनीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भालेश्वरलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको थियो।
त्यहााँ प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति पौने १२ बजे भालेश्वरको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्ति सापकोटाले बताए।
शैलेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रतिक्रिया