बलात्कारीसँग पैसा खाएर पीडितलाई ‘हनिट्रयाप’मा फसाउने इन्स्पेक्टर विनु अनुशन्धानमा तानिईन

काठमाण्डौं– बलात्कार आरोपीसँग मोटो रकम लिएर बलात्कृत महिलालाई नै ‘हनिट्रयाप’मा फसाएको आरोप लागेपछि एक जना महिला इन्स्पेक्टर अनुशन्धानमा तानिएकी छिन्।

२३ जेठदेखि ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुशन्धान सुरु गरेको हो। इन्स्पेक्टर शाहीमाथि आर्थिक अपचलन गरेको आरोप छ। बलात्कारको घटनालाई हनिट्रयापमा रूपान्तरण गरी उनले आर्थिक ‘फाइदा’ लिएको आरोप जनाईएको छ।

बलात्कार सम्वन्धिको एउटा घट्नामा आरोपीसँग मिलेर शाहीले उल्टो पीडितलाई ‘हनिट्रयाप’ फसाएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू नै बताउँछन्। उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएकाले पनि उनीमाथिको आरोप पुष्टि हुने उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले सूचना चुहाएका छन्।

इन्स्पेक्टर शाही यसअघि कञ्चनपुर जिल्लामा हुँदा पनि विवादमा परेकी थिइन्। माघ ०८० मा प्रहरी जवान राजेन्द्र नाथले इन्स्पेक्टर विनुको दबाबका कारण आफुले पदबाट राजीनामा दिनुपरेको बताएका थिए। उनी त्यसवेला कञ्चनपुरमै कार्यरत थिए। यस विषयको समाचार लेखेको आरोपमा प्रहरीले कञ्चनपुरका २ जना पत्रकारलाई पक्राउ गरेको थियो।

उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन्। आचरण विपरीत काम गरेको सूचनापछि लतिलपुरका एसएसपीलाई छानविन गर्न आफुले निर्देशन दिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट