चौबीस घन्टामा सवैभन्दा वढि वर्षा सप्तरीमा, आज कहाँको मौषम कस्तो ?

काठमाण्डौं– पछिल्लो चौबीस घन्टामा सप्तरीमा सवैभन्दा वढि वर्षा भएको छ। सप्तरीमा चौबीस घन्टामा १५१. ८ मिलिमिटर वर्ष भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सप्तरीसहित इलाम, मोरङ, झापा र कैलालीमा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।
महाशाखाका अनुसार मोरङको विराटनगरमा १४१.१ मिलिमिटर, इलामको कन्याममा १०७.२ मिलिमिटर, कन्काइ मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ मिलिमिटर, सप्तरीको रूपनी बजारमा ११५ मिलिमिटर र कैलालीको धनगढीमा १०१ मिलमिटर वर्षा भएको छ।
धेरै जिल्लाहरूमा पछिल्लो चौबीस घन्टायता ५० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घन्टामा झापाको केचनामा १६ मिलिमिटर वर्षा मापन भएको छ।
मोरङ, सप्तरी, सर्लाही, काठमाडौं लगायत विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ। दिउसो सातै प्रदेशमा भारी वर्षा र केही स्थानहरूमा धेरै भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०–५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी प¥यो भने अति भारी वर्षा भनिन्छ।