पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा २ परिवारका आमा छोरीको मृत्यु

विराटनगर– धनुकटामा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले पुरिएर पाख्रीबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो। उनीहरु आमा छोरी हुन्।
यसैगरी, पाँचथरको फिदिममा घरमाथिबाट खसेको पहिरोले नाबालिका छोरी र आमाको मृत्यु भएको छ। फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए।
प्रतिक्रिया