१६ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो नुवाकोटमा दुर्घटना

काठमाडौँ– काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो बस नुवाकोटमा दुर्घटना भएको छ।
ग १ ख ४५३५ नम्बरको माइक्रो बस छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिकाको अदुवाबारी मोडमा दुर्घटना भएको हो।
जिल्लाम प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अुनसार १६ जना यात्रु बोकेको माईक्रो दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ।
नागढुङ्गाको बाटो बन्द भएपछि अधिकांश सवारी साधन यतिबेला नुवाकोटको छहरे (काठमाडौं-नुवाकोट-धादिङ) भएर जाने गरेका छन्।
प्रतिक्रिया