पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित किन पुगे भुटान ?
काठामाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा विहिबार सपरिवार भुटान पुगेका छन्। उनी भुटान एयरलाईन्सको जहाजमार्फत भुटानको राजधानी थिम्पुु पुगेका हुन्।
पूर्वराजासँगै उनकी छोरी प्रेरणा, शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि छन्। भुटानी राजकुमारीले उनीहरुको स्वागत गरेकी छिन्। शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिए।
भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ। उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
