मेयर हर्क साम्पाङले बजेट माग्दै मन्त्रीलाई लेखेको पत्र किन छ चर्चामा ?
राजविराज– धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै मन्त्रीलाई लेखेको पत्र अहिले सार्वजनिक भएको छ।
खानेपानी मन्त्रीलाई लेखेको पत्रमा उनले बोलीचालीकै भाषा प्रयोग गरेका छन्। ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु प¥यो। धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ। त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ।’ –उनले पत्रमा लेखेका छन्।
वर्षाको बेला त्यो फोहोर बगेर तल्लो भेगमा पुग्ने गरेको छ। सुक्खायाममा फोहोर जलाउँदा जंगलमा डढेलो लाग्ने गर्दछ। तार घेरा लगाउन खोज्दा वन कार्यालयका कर्मचारीहरु आएर भत्काइदिए’ उनले लेखेका छन् –‘यो विषयमा पत्र पठाको पनि धेरै भयो। अध्ययन गर्ने भन्छन्। कति लामो अध्ययन हो ?’
अर्थ र वन मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उनले फोहोर बिसर्जन गर्ने ल्याण्डफिल्ड साइट बनाउन सुरु गर्नुअघिको प्रक्रिया लामो भएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘कति वर्षे कोर्ष हो? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ। हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ’ उनले लेखेका छन्–‘लौन सरकार खत्रा लाग्नुपर्यो। सेवा ढोग गरेँ फेरि पनि’ – साम्पाङले पत्रमा लेखेका छन्।

लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
