इनरुवामा बोलेरो दुर्घटना हुँदा सप्तरीका २१ वर्षीय युवकको मृत्यु, चालक घाईते

इटहरी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको सदरमुकाम ईनरुवामा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

कुकुरा बोकेको मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोलेरो इनरुवा नगरपालिका–३ मा आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। मंगलबार अपरान्ह भएको दुर्घटनामा घाईते भएका सहचालक सप्तरीको सुरुङ्गा नगरपालिका–२ का २१ बर्षीय विजय कुमार चौधरीको मृत्यु भएको हो।

घाईते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल ईनरुवामा भर्ना गरिएको थियो। यसैगरी, चालक राजबिराज नगरपालिका–६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट