सप्तरीमा ट्रकको ठक्करबाट घाईते भएकी १७ वर्षीया किशोरीको मृत्यु

राजविराज– ४ दिनअघि ट्रकको ठक्करबाट घाईते भई विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत सप्तरीको कन्चनरुपकी एक किशोरीको मृत्यु भएको छ।

गत २१ असोजमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० बदगामा क्षेत्रमा बा प्र ०३–००१ ख. ०७९६ नम्बरको ट्रकको ठक्करबाट घाईते भएकी कञ्चनरुप–१ की १७ वर्षीया बब्ली साहको उपचारका क्रममा आज विहान करिव सवा ६ बजे मृत्यु भएको हो।

ट्रकको ठक्करबाट घाईते भएकी उनलाई तत्कालै रुपनगर स्थित धर्मेश्वर अस्पताल पुर्‍याईएको थियो। त्यहाँ उपचार हुन नसकेपछि विराटनगर लगिएको थियो।

बब्ली साह कृष्णप्रसाद साहकी एक मात्र छोरी हुन्। कञ्चनरुप स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसमा अध्ययन गर्न जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिईन। ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कन्चनपुरले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट