युएसएमा बनेको अटोमेटिक पेस्तोल बोकेका ब्यक्ति दशैंको मेलामा पक्राउ

जनकपुर — रौतहटमा युएसएमा बनेको अटोमेटिक पेस्तोल र गोलीसहित शुक्रबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रौतहटको देवाही गोनाही–६ कर्कच कर्मैया गाउँका ५६ वर्षीय भोला राय यादवलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार उनको साथबाट पेस्तोल, एउटा म्यागजिन, नायन एमएमको २ वटा गोली र सटगनको ४ राउण्ड गोली बरामद भएको छ।

देवाही गोनाही–६ कर्कचमा दुर्गा पूजाको अवसरमा लागेको मेलामा शंका लागेर गस्ती प्रहरीले यादवको जिउ खानतलासी गरेको थियो। चेक गर्दा हतियार बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।

६/७ वर्ष विदेश बसेर फर्केका यादवले गाउँकै एक जनासँग रिसइबी साध्न भारतबाट पेस्तोल खरिद गरेको खुलेको छ। उनलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *