झापामा मोटरसाईकलको ठक्करबाट बस चालकको मृत्यु

दमक– झापामा आईतबार विहान मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अविशेक लिम्बु सवार प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले मेचीनगर–७ इटाभट्टामा ठक्कर दिँदा सगरमाथा यातायातका चालक ४५ वर्षीय डिकेन राजवंशीको मृत्यु भएको हो।

मोटरसाईकलको ठक्करबा गम्भिर घाइते भएका राजवंशीलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले यातायात सञ्चालनमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *