आफन्तको टाउको काटेर झोलामा हालेर हिडेका ब्यक्तिको पहिचान खुल्यो, खोजी गर्दै प्रहरी
काठमाडौँ– बाँकेको कोहलपुरमा विजयादशमीको राती एक जना मजदुरको घाँटी काटेर टाउको बोकेर हिडेका ब्यक्तिको सीसीटीभी फुटेजका आधारमा पहिचान भएको छ। उनी मृतकका आफन्त नै भएको खुलेको छ।
कोहलपुर नगरपालिका–८ का ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव प्रहरीले सोमबार बिहान फेला पारेको थियो। अनुशन्धानका क्रममा प्रहरीले उपलब्ध सीसीटीभी फुटेजसमेत संकल गरेको थियो। त्यस क्रममा हत्या गर्ने व्यक्तिले चन्द्रबहादुरदको टाउको आफैसँग लगेर गएको देखिएको प्रहरी अधिकारीहरुले बताएका छन्।
अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरिरहेको छ। हत्या गरिएका चन्द्रबहादुर ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन। उनको हत्यामा संलग्न व्यक्ति पनि ज्याला मजदुरी गर्ने व्यक्ति नै रहेको प्रहरीले जनाएको छ।
विजया दशमीको राती उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए। मातेपछि दुई जनाबीच विवाद भएको र चन्द्रबहादुर माथि धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चन्द्रबहादुरको हत्यापछि उनको टाउको हत्याराले नै प्लाष्टिकको झोलामा हालेर लगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अधिकारीहरू बताउँछन्।