विद्युतीय माइक्रोले मोटरसाईकललाई ठक्कर दिँदा ट्राफिक प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा विद्युतीय माइक्रोले मोटरसाईकललाई ठक्कर दिँदा एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ।

गोरखाको गोरखा नगरपालिका–१४ गोप्लिङ स्थायी घर भएका भक्तबहादुर नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माईक्रोले ठक्कर दिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा दरवन्दी भई अस्थायी ट्राफिक बिट आँबुखैरेनीमा काजमा रहेका नहकर्मी घरबाट कार्यालय जाँदै गर्दा दुर्घटनामा परेका हुन। दुर्घटनामा परी घाईते भएका नहर्कीलाई उपचारका लागि आँबुखैरेनी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इन्स्पेक्टर टेकप्रसाद सुवेदीका अनुसार पोखराबाट गोरखातर्फ जाँदै गरेको माईक्रोले ठक्कर दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट