झापामा बाम्फोकले हानेर श्रीमतीको हत्या, फरार भएका श्रीमान पक्राउ

दमक– झापामा एक ब्यक्तिले बाम्फोक (धारितलो हतियार) प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
अर्जुनधारा नगरपालिका–३, कुम्भिटारका करिव ५० बर्षीय बिरबहादुर चौहानले श्रीमती करिब ३५ बर्षीया मुना भुजेलको हत्या गरेका हुन। चौहानेले घाटी काटेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरेपछि फरार भएका चौहानलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश बिष्टका अनुसार मृतकका २ छोरा र २ छोरी छन्। घटानाको सम्बन्धमा थप अनुशन्धान भईरहेको उनले वताए।
प्रतिक्रिया