सरकारी कार्यालय खुलेसँगै रविको मनमा फेरी बज्न थाल्यो ढ्याङ्ग्रो, पक्राउ पर्ने डरले विशेष अधिवेशन माग

काठमाडौँ– दशैं सकिएर सरकारी कार्यालयहरु खुलेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्ने सम्भावना पनि वढेको छ। यही सम्भावनाका कारण रास्वपाले बुधबार वक्तव्य जारी गरेर प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि अपील गरेको छ।

सहकारीको रकम अपचलनमा नेकपा एमालेका सांसद सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले रविलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ। कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन् भने गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी प्रहरी हिरासतमा छन्। जीबी राई फरार छन्।

जोशी पक्राउ परे लगत्तै रास्वपामा सभापति लामिछाने पनि पक्राउ पर्ने त्रास देखिएको थियो। रास्वपाको कार्यालयमा प्रहरीको उपस्थिती बाक्लिएपछि राजधानीमा भएका समर्थकहरुलाई केन्द्रीय कार्यालयमा भेला पार्नुका साथै चीन भ्रमणमा रहेका नेताहरुलाई फिर्ता बोलाउने सम्मका गतिविधि भएका थिए।

अव दशैं बिदा सकिएपछि पुनः रवि पक्राउ पर्ने त्रास रास्वपाका नेताहरुमा देखिएको छ। यो बेला संसदको अधिवेशन भए सहज रविलाई जोगाउन सकिने बुझाई रास्वपाका नेताहरुमा देखिएको छ। रविलाई पक्राउ गरे विशेष अधिवेशन माग गरिरहेका बेला समातेको भनेर सरकारमाथि प्रश्न गर्न पाईने र भविष्यमा पनि यसले राजनीतिक अर्थ राख्ने भएकाले विशेष अधिवेशनको आवाज उठाएर रास्वपाले जाल थापेको जानकारहरु बताउँछन्।

तर, विशेष अधिवेशन आह्वानका लागि रास्वपासँग पर्याप्त सांसद संख्या भने छैन। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्। यद्यपी, प्रतिपक्षमा रहेका दलहरू मिल्दा भने विशेष अधिवेशन बोलाउनका लागि आवश्यक पुग्छ।

रास्वपाका २१, माओवादी केन्द्रका ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, एकीकृत समाजवादीका १० तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका १÷१ सांसद जोड्दा सांसद संख्या ६९ पुग्छ।

तर, यस विषयमा रास्वपाले अन्य विपक्षी दलहरूसँग छलफल समेत गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट