पति वेपत्ता भएको निवेदन बोकेर पुगेकी मनिषालाई प्रहरीले समात्यो, उनकै बयानले खुल्यो हत्याको रहस्य

वीरगञ्ज– विरगञ्जमा एक युवतीले भारतीय युवकसँग मिलेर पतिको हत्या गराई खोजतलासको निवेदन लिएर आफैं प्रहरी कार्यालय पुगेको खुलेको छ। वीरगञ्ज महानगरपालिका–३ छपकैयाका वीरेन्द्र साह सोनार (२६) २७ असोजदेखि वेपत्ता भएका थिए। उनको सोही दिन हत्या भएको खुलेको छ।

त्यसको भोलिपल्ट वीरेन्द्रकी पत्नि मनिषा र उनीहरुकै घरमा डेरा वस्ने भारतीय युवक विजय गुप्ता (२८) खोजतलासको निवेदन बोकेर प्रहरी कार्यालय पुगेका थिए। मनिषाका एक छिमेकीले दिएको जानकारी अनुसार विजयसँगै दुर्गा मेला हेर्न बाइकमा निस्किएका वीरेन्द्र घर फर्किएका थिएनन्।

अनुशन्धानका क्रममा मनिषा र विजयकै मिलेमतोमा वीरेन्द्रको हत्या भएको खुलेको छ। वीरेन्द्रको शव २ कात्तिकमा बाराको प्रसौनी गाउँपालिका–१ त्रिवेणी गाउँको त्रिवेणी खोलासँगै रहेको गण्डक नहर छेउमा फेला परेको थियो।

भारतको रक्सौलस्थित परेवागाउँका विजय बुधबार राती (हत्याको ११औं दिन) करिव १ बजे पक्राउ परिसकेका छन्। मनिषा भने अनुशन्धानको सुरुवाती चरणमै (२ कात्तिक) पक्राउ परेकी थिईन।

विजय भने वीरेन्द्रको हत्या गरेको पर्सिपल्ट (२९ असोजमा) भारत छिरेका थिए। मनिषाको बयानका आधारमा भारतीय प्रहरीको सहयोग लिएर विजयलाई पक्राउ गरिएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

विजयले प्रहरी समक्ष वीरेन्द्रको हत्या गरेको स्विकार गरेका छन्। मनिषाको अनैतिक सम्वन्धका कारण वीरेन्द्रको हत्या भएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट