नगरअस्पतालमा विरामीको मृत्यु भएपछि चौदण्डीगढीका मेयर कालुमान लामामाथि हातपात

राजविराज– उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा माथि हातपात भएको छ। उनलाई एक नगरवासी महिलाले हातपात गरेको भीडीओ सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

जानकारी अनुसार चौदण्डीगढी– ४, बसाहाका दिलबहादुर मगर (४६) विरामी भएर नगर अस्पताल बेल्टारमा भर्ना भएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासीले स्वास्थ्यकर्मीको लापर्वाहीले विरामीको मृत्यु भएको आरोप लगाए।

आक्रोशित स्थानीयलाई सम्झाई बुझाई गर्न मेयर लामा आफै नगर अस्पताल पुगेका थिए। भीडीओमा देखिए अनुसार उनले सर्वसाधारणको भिडलाई सम्झाउने प्रयास गरिरहेका थिए। सोही क्रममा मृतककी पत्नि कमला साह मगरले लामालाई एक मुक्का हानेको भीडीओमा देखिएको छ।

लामामाथि मुक्का हानिसकेपछि कमलाले ‘दिनुहुन्छ, मेरो लोग्ने फिर्ता ?’ भन्दै प्रश्न गरिरहेको सुनिन्छ। हातपात हुँदा मेयर लामा भने जोगिने प्रयास मात्रै गरेका छन्। उनले थप प्रतिक्रिया जनाएका छैनन्।

पतिको मृत्यु भएपछि आक्रोशमा आएर उनले हात उठाएको स्थानीयले बताएका छन्। भीडीओमा प्रतिक्रिया जनाउनेहरुले पनि यो प्रकरणलाई सहज रुपमा लिँदै पीडाको प्रतिक्रिया बताएका छन्। कतिपयले भने अस्पतालमा चरम लापर्वाही रहेको भन्दै सुधारका लागि सुझाव दिएका छन्।

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोला।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट