५ रुपैयाँ जरिवाना तिर्न आनाकानी, फरार रहेका २३ प्रतिवादी पक्राउ

राजविराज– जलसाजी मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ रुपैयाँ जरिवाना भएका सप्तरीको खडकपुर– १ का शंकरकुमार यादव फरार थिए। शंकरलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

तर, यादव कहिलै पनि प्रहरीको नजरमा परेनन्। यसैक्रममा, अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोज्न निस्किएको प्रहरी टोलीले आईतबार उनलाई पक्राउ गर्यो। प्रहरीले पक्राउ गरेपछि भने उनी छाँगाबाट खसेझै भए।

५ रुपैयाँ जरिवाना नवुझाउँदा प्रहरीले पक्राउ गरेकोमा उनलाई पछुतो पनि भयो। तर, कानुनी रुपमा चुकिसकेकाले उनी प्रहरीको भ्यान चढेर जिल्ला अदालत पुगे। प्रहरीले उनलाई सप्तरी जिल्ला अदालतमा दाखिला गरेको छ।

यसैगरी, जालसाजी मुद्दामै ८ रुपैयाँ ३३ पैसा जरिवाना भएका गम्हरिया–९ का देवनारायण शर्मा, १० रुपैयाँ जरिवाना भएका खडकपुर–१ का खुशिलाल यादव, १० रुपैयाँ जरिवाना भएका इटहरी विष्णुपुर–२ का नारायण मण्डल र चोरी मुद्दामा ७ दिन कैद वस्नु पर्ने फैसला भएका राजबिराज–१ का सन्तोष सरदार पनि पक्राउ परेका छन्।

उनीहरु सवैको पक्राउ पर्ने कारण र प्रकृति एउटै हो। यतिमात्रै होईन, प्रहरी टोलीले आईतबार अदालतबाट न्यूनतम ५ रुपैयाँदेखि अधिक्तम ११ हजार रुपैयाँसम्म जरिवाना तोकिएका २३ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा वुझाएको छ।

प्रहरीको फरार सूचिमा रहेका उनीहरुले ५/७ रुपैयाँ त होनी भन्दै अदालतको फैसलालाई वेवास्त गर्दै आएको देखिएको छ। तर, प्रहरीले त्यसरी किन छोड्थ्यो। उनीहरु सवैलाई फैसला कार्यान्वयनका लागि अदालतको जिम्मा लगाईएको सप्तरीका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए।

यी हुन प्रहरीले पक्राउ गरेर अदालतको जिम्मा लगाएका अन्य प्रतिवादी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट