श्रीमतीको हत्या गरी भागेका वान्तवा कतारमा पक्राउ, नेपाल ल्याईयो

काठमाडौँ– श्रीमतीको हत्या गरी फरार भएका भोजपुरको साविक युँ गाविस– ५ का गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका वान्तवालाई दोहा प्रहरीको समन्वयमा पक्राउ गरिएको हो।
उनलाई मंगलबार नेपाल ल्याईएको छ। उनीविरुद्ध झापाको मेचीनगर नगरपालिका–११ धाईजन बस्ने शर्मिला तामाङ (४८) को हत्या गरेको आरोप छ। वाईवा फरार भएपछि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १ असोज ०८१ मा रेड नोटिस जारी भएको थियो।
वाईवालाई नेपाल ल्याएर इलाका प्रहरी कार्यालय धुलाबारीको जिम्मा लगाईएको छ।
प्रतिक्रिया