जुवाको खालमा प्रहरीले छापा मारेपछि भाग्ने क्रममा १ जनाको मृत्यु, अनुशन्धानमा ४ जना पक्राउ
काठमाडौँ– जुवाको खालमा प्रहरीले छापा मारेपछि भाग्ने क्रममा बेपत्ता भएका कैलालीका एक ब्यक्ति मृत फेला परेका छन्। गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खालबाट भागेका करन बिक (४५) मृत फेला परेका हुन।
शुक्रबार राती खालबाट भागेका विक भोलिपल्ट मृत भेटिएपछि प्रहरीले अनुशन्धानका लागि सँगै जुवा खेलेका चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाका अनुसार गोदावरी–१२, ओलानीका प्रकाश साउद, पुरन मलासी, गणेश बिक र गंगा साउद पक्राउ परेका छन्।
शुक्रबार राती स्थानीय प्रकाश साउदको घरमा जुवाको खाल चलेको थियो। त्यसको सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर सबैजना भागेका थिए। भाग्ने क्रममै बेपत्ता भएका करन भोलीपल्ट वडा नम्बर १२ कै कोल्मोडास्थित छोट्यास कुलोमा मृत फेला परेका थिए।
उनको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, बिकका आफन्तले हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

