श्रीमतीको अफेयर थाहा पाउँदा वीरेन्द्रको ज्यान गयो, गम्छाले घाँटी कसेर हत्या गरेको खुलासा

वीरगञ्ज– परपुरुषसँगको अफेयर र अनैतिक सम्वन्ध खुलेपछि वीरगञ्ज महानगरपालिका–३ छप्कैयाका वीरेन्द्र साह सोनार (२६) को श्रीमतीकै योजनामा हत्या भएको प्रहरीले खुलासा गरेको छ।

वीरेन्द्रको हत्यामा संलग्न उनकी श्रीमती मनिषाका प्रेमी पर्साकै बहुदरामाई नगरपालिका–९ का वीजयकुमार साह (२८) लाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्दै यस्तो खुलासा गरेको हो। प्रहरीका अनुसार वीजयले अपराध स्विकार गरेका छन्।

मनिषासँगको प्रेम सम्वन्ध थाहा पाएपछि वीरेन्द्रसँग विवाद भएको र सोही क्रममा गम्छाले पछाडिबाट घाँटी कसेर हत्या गरेको उनले प्रहरी समक्ष वयान दिएका छन्। हत्यापछि २७ आसोजको राती करिव साढे ९ वजे बाराको प्रसौनी गाउँपालिका–१, त्रिवेणी स्थित गण्डक नहरमा शव फालेको उनले वताएका छन्।

वीरेन्द्रको हत्या श्रीमती मनिषाको मिलेमतोमै भएको खुलेको छ। एक छिमेकीले दिएको जानकारी अनुसार विजयसँगै दुर्गा मेला हेर्न बाइकमा निस्किएका वीरेन्द्र २७ असोजदेखि वेपत्ता भए। पति वेपत्ता भएको भन्दै २८ असोजमा मनिषा खोजतलासको हारगुहार गर्दै प्रहरी कार्यालय पुगेकी थिईन।

यसैक्रममा १ कात्तिकको विहान करिव साढे ९ वजे त्रिवेणी स्थित गण्डक नहरमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमा आयो। प्रहरीले गएर अनुशन्धान गर्दा उक्त शव वीरेन्द्रकै भएको खुल्यो।

त्यसपछि प्रहरीले अनुशन्धानको सुरुवाती चरणमै (२ कात्तिक) मनिषलाई पक्राउ गरेको थियो। विजय भने वीरेन्द्रको हत्या गरेको पर्सिपल्ट (२९ असोजमा) भारत छिरिसकेका थिए। मनिषाको बयानका आधारमा हत्यारा पत्ता लागेपनि पक्राउ गर्न सकेको थिएन।

भारतीय प्रहरीको सहयोग लिएर विजयलाई ७ कात्तिकमा बाराको कलैया उपमहानगरपालिका–१०, मटिअर्वा स्थित दशगजाबाट पक्राउ गरिएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट