रामेछापमा सहचालकले चलाएको बस दुर्घटना, घाईते २ जनालाई काठमाडौँ ल्याउने तयारी
काठमाडौँ– रामेछापको उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरबाट काठमाडौँ जान लागेको बस आज बिहान दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएको छ।
दुर्घटनामा परी बसका सहचालक केबल सुनुवार र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी फुलकुमारी सुनुवार (७२) गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
घाईतेलाई गाउँपालिकाको समन्वयमा काठमाडाँ लाने तयारी गरिएको छ। सहचालकले चलाउने क्रममा बस दुर्घटना भएको हो।
गुप्तेश्वर स्थित बस स्टेशनमा रहेको बा.५ ख.२८६ को बस सुनुवारले स्टार्ट गर्दा एक्कासी अगाडि बढेर दुर्घटना भएको जनाईएको छ। बस सडकभन्दा ६० मिटर तल खसेको छ।
प्रतिक्रिया