उत्तराखण्डस्थित अलमोरामा बस दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो
काठमाडौँ– भारतको उत्तराखण्डस्थित अलमोरा जिल्लामा सोमबार विहान बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ।
नैनीडाँडाको किनाथबा रामनगर जाँदै गरेको ४५ सिटको बस २ सय मिटर तल नदी किनारमा खसेर दुर्घटना भएको हो। मर्चुला पुग्नेबित्तिकै बस सारद बन्दरनजिक नदीतर्फ खसेको थियो।
दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ९ जनाको उद्धार गरी अस्पताल पु¥याइएको स्थानीय प्रहरीले जनाएको छ। घाईते ९ मध्ये ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लगिएको भारतीय समाचार संस्थाले उल्लेख गरेका छन। बसमा ५५ भन्दा बढी यात्रु सवार थिए।
प्रतिक्रिया
लोकप्रिय
सुनसरी घटनामा सरकारको ढाल बनेका साहलाई मन्त्री उपहार, रवि बेखबरः ‘मकैको घोगा’देखि सत्तासम्मको विवादित यात्रा

