फेरी पनि म्याद थपको माग गर्दै प्रहरीले रवि लामिछानेलाई लग्यो अदालत

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ।

अनुसन्धानका लागि पछिल्लो पटक (२० कात्तिक) अदालतले दिएको (१० दिन) को म्याद शनिवारै सकिएपछि उनलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको हो। उनी चौथो पटक अदालतमा उपस्थित हुँदैछन्।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ। उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने २ कात्तिकमा काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन्। सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले उनलाई ४ कात्तिकमा मात्रै अदालतमा उपस्थित गराइएको थियो।

सभापति पक्राउविरुद्ध रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट