मेलाबाट फर्कदै गरेका यात्रु बोकेको जिप दुर्घटनामा ६ जनाको मृत्यु, ७ जना घाईते
काठमाडौँ– दार्चुलाको शैल्यशिखर नगरपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घट्नामा ७ जना घाईते छन्।
मालिकार्जुनबाट गोकुलेश्वर जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप बिहान करिव ४ बजे शैल्यशिखर–६ को बकजेबलामा दुर्घटना भएको हो। मृतकको सनाखत भएको छैन।
७ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाईएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
ट्राफिक प्रमुख एसपी राजिव बस्नेतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
