चामल बोकेर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, चालकसहित ३ जनाको उद्धार

काठमाडौँ– नवलपरासीबाट काठमाडौँ आउँदै गरेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत धादिङ पुगेपछि त्रिशुलीमा खसेको छ। बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको हो।

प्रहरीका अनुसार बिहान करिव ६ बजे धादिङ र चितवनको सिमानामा पर्ने हुग्दीखोला नजिकै पुगेपछि लु २ ख २५० नम्बरको ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएर त्रिशुलीमा खसेको हो।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ। चामल लिएर काठमाडौँतर्फ आउँदै गरको ट्रक दुर्घटनामा परेको हो। ट्रक पूरै नदीमा डुबेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *