तपाईँको आजको भाग्य – राशिफल

१० मंसिर २०८१, सोमवार।
मेष – आर्थिक लाभ मिल्नेछ। समाज सेवामा मन जानेछ। सरसल्लाह विना गरेका कार्यमा बाधा पुग्नेछ।
वृष – मन प्रफुल्लित हुनेछ। मांगलिक कार्यमा मन जानेछ। आर्थिक क्षेत्र सबल रहनेछ ।
मिथुन – खुसिको खबर सुन्न पाइनेछ। पठनपाठनमा रुचि बढ्नेछ। यात्राको समयमा सचेत रहनुहोला।
कर्कट – रोगव्याधले सताउने छ। गर्दै गरेका कार्य अपुरो हुनेछ भने मिष्ठान्न भोजनको योग रहेको छ।
सिंह – गल्ति गरे वापत् दण्ड भोग्नु पर्नेछ। मन अस्थिर रहनेछ। शैक्षिक क्षेत्रमा भने सफलता मिल्नेछ।
कन्या – भ्रमणको योग परेको छ। पारिवारिक सुख मिल्नेछ। खानपानमा विचार पुर्याउनु होला।
तुला – गुप्त धन प्राप्ति हुनेछ। गरेका कार्य सफल हुनेछन्। शरीरमा बाथ रोगले सताउने छ।
वृश्चिक – अनावश्यक धन खर्च हुनेछ। शत्रुहरु बढेर जानेछन्। सकेसम्म मौन बस्नु नै उत्तम हुनेछ।
धनु – शरीर पुष्ट हुनेछ। कार्यमा जोश जाँगर आउनेछ। मन चञ्चल हुनेछ।
मकर – आँखामा समस्या देखिनेछ। खर्चमा वृद्धि हुनेछ। प्रियजनसँग भेट हुने योग छ।
कुम्भ – नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। गुरुहरूको दर्शन पाइनेछ। चोरी डकैतिको भय रहनेछ।
मीन – नोकरीमा पदोन्नतीको योग छ। सांगितिक क्षेत्रमा मन जानेछ। शारिरीक पीडा खेप्नुपर्नेछ।