रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा गोकुलगंगा–४ का वडाध्यक्षसहित ५ जनाको मृत्यु
काठमाडौँ– रामेछापमा शुक्रबार दिउँसो गाडी दुर्घटनामा एक जना वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।
गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो। वस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
काठमाडौंबाट बेतिनी जाँदै गरेको फोर्स गाडी गोकुल गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार थिए। ३ जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।
गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जनाईएको छ।
प्रतिक्रिया