बसको ढोकामा झुण्डिएका २ जना यात्रुको रोकेर राखेको गाडीमा ठोक्किर मृत्यु, तारकेश्वरमा तनाव

काठमाडौँ– काठमाडौंको तारकेश्वर नगरपालिकामा आज विहान करिव ७ बजे रोकिराखेको गाडीमा ठोक्किएर बसका २ जना यात्रुको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।
तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागेको बा ४ ख ७१११ को बसको ढोकामा झुण्डिएका दुई जनाको तारकेश्वर–८ लामबगरमा बाटोमै रोकिरहेको बा ३ क १६६६ गाडीमा ठोक्किएर घटनास्थलमै मृत्यु भएको थियो। मृतकको सनाखत भईसकेको छैन।
घाइते एकजनालाई उपचारका लागि हस्पिटल लगिएको छ। दुर्घटनापछि बसमा तोडफोड गरिएको छ। अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर तोडफोड गरिएको बसलाई स्कर्टिङ गरेर बालाजु चौकीमा लगेको छ।
प्रतिक्रिया