जाजरकोटमा मध्यराती जिप दुर्घटना हुँदा १ महिने बालकसहित ५ जनाको मृत्यु

काठमाडौँ– जाजरकोटमा बुधबार मध्यराती जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटी करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा नलगाड नगरपालिका–३, करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन छन्।
डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रतिक्रिया