परिक्षा केन्द्र हटाएको विरोधमा सर्लाही क्याम्पसका विद्यार्थीद्वारा मलंगवा–नवलपुर सडक अवरुद्ध
जनकपुर– सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसबाट स्नातक तह पहिलो वर्षको परीक्षा केन्द्र हटाएको विरोधमा मंगलबार विद्यार्थीहरुले पदर्शनसहित मलंगवा–नवलपुर सडक अवरुद्ध गरेका छन्।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको मुखमा आएर केन्द्र हटाएको विरोधमा आन्दोलित बनेका विद्यार्थीले क्याम्पस अगाडि नै टायर बालेर सडक अवरोध गरेका हुन। सडकमा टायर बालेर प्रदर्शन सुरु भएपछि यातायातका साधन ठप्प भए।
परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह पहिलो वर्षको परीक्षाका लागि यसअघि बरहथवा, सुकेपोखरी र लालबन्दीको परीक्षा केन्द्र सर्लाही क्याम्पसमा तोकेको थियो। अहिले आएर विद्यार्थीलाई दुःख दिने मनसायले केन्द्र अन्य जिल्लामा सारिएको विद्यार्थीको आरोप छ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति धमेन्द्र यादवले जिल्ला सदरमुकाममा परीक्षा केन्द्र नराखी अन्य जिल्लामा परीक्षा केन्द्र लगिएकाले विद्यार्थीलाई आवत–जावतमा समस्या हुने वताए।
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

