१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका पूर्व मेयर कारागार चलान

दमक– घरेलु कामदार १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्।

झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको सोमबारको इजलासले शिवाकोटीलाई थुनामा राखेर पुपक्ष गर्न आदेश दिएको छ। अदालतका स्रेस्तेदार किरणकुमार सिंहका अनुसार शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि इजलासले आदेश दिएको छ।

अदालतको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको पनि सिंहले बताए। घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई पटक पटक बलात्कार गरेको आरोपछि प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो।

पक्राउ परेकै दिनदेखि उनी विर्तामोड स्थित बीएण्डसी अस्पतालमा भर्ना भएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट