१७ वर्षीया किशोरीलाई काठमाडौँको गेष्टहाउसमा बलात्कार गरेको आरोपमा दुधौलीका युवक पक्राउ

काठमाडौँ– बलात्कारको आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का डेढ वर्षपछि पक्राउ परेका छन्।

खड्कालाई प्रहरीले दुधौलीबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा उनीमाथि छ।

उनले ७ वैशाख ०८० मा ती किशोरीलाई गेस्टहाउसमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि बलात्कारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गराई अनुसन्धान थालिएको एसपी अधिकारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट