यी हुन सैफ अलि खानलाई चक्कु प्रहार गर्ने ब्यक्ति, बंगलादेशी भएको लगभग निश्चित

काठमाडौँ– बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका ब्यक्ति बंगलादेशी नागरिक भएको अनुमान छ, उनी भारतीय भएको प्रमाण फेला परेको छैन।

विजोय दास नाम राखेर मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका उनको असली नाम मोहम्मद सरीफुल अस्लाम असजाद हो। उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको तर, साथमा रहेका कागजपत्रका आधारमा बंगलादेशी नागरिक हुन सक्ने अनुमान छ। उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र फेला परेको छैन।

मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमका अनुसार उनी अवैध तरिकाले भारत आएको खुलेको छ। विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेको रेकर्ड छ। उनीविरुद्ध प्रहरीले राहदानी दुरुपयोग लगायतका मुद्दामा आरोपपत्र दायर गर्ने तयारी गरेको छ।

१६ जनवरीको दिन राति २ बजे उनी सैफ अली खानको बान्द्रास्थित घरमा चोरी गर्ने उद्देश्यले पसेका थिए। त्यही क्रममासैफ अलि खानमाथि चक्कु प्रहार भएको थियो। सैफलाई त्यतिबेला मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको थियो। घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको थियो। उनको शरीरमा तीन इन्च गहिरो चोट थियो। चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ।

सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राती साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन्। त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए। हल्ला सुनेर सैफ उठे। आक्रमणकारी र उनी आमनेसामने भए। सैफले आक्रमणकारीलाई पक्रने प्रयास गरिरहँदा उनले सैफमाथि चक्कु प्रहार गरेका थिए। शल्यक्रियापछि सैफ अली खान अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट