हुस्सुका कारण मोटरसाईकल कल्भर्टमा खस्यो, आमाछोराको मृत्यु

पोखरा– तनहुँमा हुस्सुका कारण बाटो विराएर मोटरसाईकल कल्भर्टमा खसेर दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परी ऋषिङ गाउँपालिका–६, चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने करिब १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार मृतक आमाछोरा हुन। उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ’, उनले भने।
प्रतिक्रिया