सडक खनेको खाल्टोमा जमेको पानीमा डुबेर नाबालक दाजु भाईको मृत्यु

जनकपुर– धनुषाको कमला नगरपालिका–२, सराबे टोलमा निर्माणाधिन सडकको खाल्टोमा जमेको पानीमा डुवेर मंगलबार नाबालक दाजुभाईको मृत्यु भएको छ।

स्थानीय रामबाबु साहका छोरा ७ वषीर्य रितिक र उनका भाइ श्यामबाबुका छोरा ५ वर्षीय रितिशको मृत्यु भएको हो। नवनिर्मित कृषि सडकको छेउमा रहेको खाल्टोमा जमेको पानीमा दुवै बालकको डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

करिब १५ दिन अगाडि मात्र कृषि सडक बनाउन थालिएको थियो। त्यसै क्रममा खनेको खाल्टोमा वर्षाको पानी जमेको थियो। घरबाट खेल्न निस्किएका दाजुभाइ अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्टोमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट