सामान्य विवादमा भाटाले हानेर छिमेकीको हत्या, पक्राउ परे रघु

गाईघाट– सामान्य विवादमा भाटाले हानेर छिमेकीको हत्या गरेपछि सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ।
उनमाथि छिमेकी ४० वर्षीय प्रेमकुमार कुलुङ राईको हत्या गरेको आरोप छ। उनले बाँसको भाटा र लाठीले हानेपछि प्रेमकुमार गम्भीर घाइते भएका थिए।
महाकुलुङ आधारभूत अस्पताल बुङमामा उपचारका क्रममा १६ जेठमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रतिक्रिया