कुवेत पठाई दिन्छु भन्दै लाखौं रकम ठगेको आरोपमा सप्तरीका २७ वर्षीय युवक पक्राउ

काठमाडौँ– वेरोजगार युवकलाई रोजगारीका लागि कुवेत पठाई दिने प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भइ काठमाडौँ महानगरपालिका–३२ मा बस्दै आएका २७ वर्र्षय अशोक कुमार साहुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

साहुले ४ लाख रुपैयाँ ठगी गरेको अभियोगसहित उजुरी परेपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी काजी कुमार आचार्यले जानकारी दिए।

रकम लिएपछि सम्पर्कबिहिन भएका साहुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट