उदयपुरमा १ हजार १४३ केजी गाँजा सहित २ महिला पक्राउ

गाईघाट– उदयपुरमा प्रहरीले १ हजार १४३ केजी गाँजा सहित २ महिलालाई पक्राउ गरेको छ।

चौदण्डीगढी नगरपालिका –१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार रानीटार स्थित रत्नमायाको घरमा३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले गाँजा र मानिस पक्राउ गरेको हो। घट्नाको थप अनुशन्धान भईरहको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट