गुडिरहेको ट्रकमा ४ जना राउटे युवतीलाई दुर्व्यवहार गर्ने तपेन्द्र शाही पक्राउ

काठमाडौँ– ४ जना राउटे युवतीलाई दुर्व्यवहार गर्ने दैलेखको आठविस नगरपालिकाका तपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो।

‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए। ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन?’ भन्दै भिडियो सार्वजनिक गरिएको थियो। भीडीओमा चार जना राउटे युवतीको बिचमा बसेका तपेन्द्रले गलत कृयाकलाप गरेको देखिन्छ।

अँगालोमा हालेर ‘ताजा ताजा’ भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको भिडियोमा देखिन्छ। त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको खोजी थालेको थियो। सोही क्रममा तपेन्द्र प्रक्राउ परेको दैलेख प्रहरीका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

उनलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको र थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट